मेरा खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री देउवाका खुट्टा समाइरहेका छन् : ओली

खबरपथ संवाददाता
१० मंसिर २०७८, शुक्रबार १७:५२

चितवन । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले आफूलाई अप्ठेरो पार्न खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री शेर बहादुर देउवाका खुट्टा समाइरहेको बताएका छन् ।

शुक्रबार नारायणी किनारमा एमालेको दसौं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकारबारे आफूले धेरै भन्न नचाहेको बताए ।

‘देउवाजी पनि काम गर्न चाहनु हुन्थ्यो होला तर सकिरहनु भएको छैन। उहाँलाई पनि गाह्रै छ,’ ओलीले भने,‘हिजो मलाई अप्ठेरो पार्नेहरू, मेरा खुट्टा तान्नेहरू आज उहाँको खुट्टा समाइरहेका छन्। ’

ओलीले देउवालाई गोप्य कुरा खुस्काउनै पर्ने भयो भन्दै आगामी निर्वाचनपछि देशमा एमालेको सरकार बन्ने बताए।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओली चार महिना पछि आज एउटै मञ्चमा देखिएका थिए। पार्टी महाधिवेशनमा अतिथि भएर आएका देउवालाई मञ्चमा राखेर सरकारबारे टिप्पणी गर्न बान्छनीय नहुने उनले बताए।

‘स्थानीय चुनावमा पहिलाको जति ४० प्रतिशत होइन त्यो भन्दा बढी ल्याउँछौं,’ ओलीले भने,‘पार्टीका लागि भन्दा पनि देशका लागि एमालेको एकल बहुमत ल्याउनु आवश्यक छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*