एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर पोखरेल निर्विरोध

खबरपथ संवाददाता
१३ मंसिर २०७८, सोमबार १२:२६

चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन जना उपमहासचिव निर्विरोध निर्वाचित हुने भएका छन्।

त्यसै गरी वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पनि प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल विरूद्ध निर्धारित समयमा कसैले उम्मेदवारी नदिए पछि उनीहरू निर्विरोध हुने भएका हुन् ।

यी बाहेक अन्य पदाधिकारीमा भने चुनाव हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*