एमाले अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित

खबरपथ संवाददाता
१४ मंसिर २०७८, मंगलवार १९:३२

चितवन । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभए पछि मंगलबार बिहान भएको निर्वाचनबाट ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभए पछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*