एमाले अध्यक्ष केपी शर्माले लिए पद तथा गोपनियताको सपथ

खबरपथ संवाददाता
१४ मंसिर २०७८, मंगलवार १९:४२

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार बिहान भएको मतदानको गणना सकिए पछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा। विजय सुब्बाले उनलाई सपथ गराएका हुन् ।


आफूले सपथग्रहण लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण गराएका छन् । सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*