राजनीतिक स्थायित्व र बिकासमा केन्द्रित छौं : प्रचण्ड

खबरपथ संवाददाता
१४ मंसिर २०७८, मंगलवार २२:०२

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व र बिकासमा आफूहरु केन्द्रित भएर लागेको बताउनु भएको छ ।

माओवादी केन्द्रका रुपन्देही ईञ्चार्ज स्वर्गीय रामप्रसाद बञ्जाडेको शोकसभामा बोल्दै अध्यक्ष प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व, बिकास र समृद्धिले मात्रै स्वर्गीय रामप्रसाद बञ्जाडे सहित हजारौं सहिदहरुको सम्मान हुने पनि बताउनु भयो ।

अध्यक्ष  प्रचण्डले पार्टीका दिवंगत नेता टंकमणि असमान्य व्यक्तित्व भएको स्मरण गर्नुभयो । उहाको क्षमताका आधारमा जोखिमपुर्ण जिम्मेवारी दिईएको र कार्यसम्पादनमा पनि अब्बल रहेको बताउँदै अध्यक्ष प्रचण्डले अब स्वर्गीय बञ्जाडेको जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनु भयो ।

त्यस्तैगरी पार्टीका लुम्बिनी प्रदेश ईञ्चार्ज चक्रपाणी खनाल बलदेवले वञ्जाडेलाई धेरै युद्धमा बचाएपनि दुर्घटनाबाट बचाउनु नसकिएको भनाई राख्नुभयो ।

माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसीको अध्यक्षतामा भएको शोक सभामा एमालेका पुरुषोत्तम घिमिरे, नेपाली काँग्रेका हरिप्रसाद अर्याल, नेकपा एकिकृत समाजवादीका भोजबहादुर खड्का, क्रान्तिकारी माओवादीका प्रेम सुवेदी, जसपाका देवेन्द्र पाण्डे, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी लगायतले माओवादी आन्दोलनका जिवित ईतिहास बञ्जाडेको निधनले एउटा कुशल राजनीतिज्ञको अभाव खड्कीरहने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*