राष्ट्रपति भण्डारीद्धारा ६ वटा अध्यादेश जारी
काठमाण्डौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गर्नु भएको छ । राष्ट्रपति भण्डारीले बुधबार संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ६ वटा अध्यादेश जारी गर्नु भएको प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।
यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र रेल्वे अध्यादेश जारी भएका हुन् ।