राप्रपाको अध्यक्षमा थापा र लिङ्देनले दिए उम्मेदवारी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन। शुक्रबार थापा र लिङ्देनले भृकुटीमण्डप स्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन।
राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन। थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन। त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन।
यता, लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन। लिङ्देन पक्षबाट महामन्त्रीमा डा।धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन।
राप्रपाले निर्वाचनबाट १९९ सदस्यीय केन्द्रीय समितिका १४९ जना चयन गर्ने छ। जसमा अध्यक्ष सहित ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित हुने छन।