नेपाली काँग्रेसको लुम्बिनी प्रदेशमा मतदान सुरु
बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी अहिले मतदान सुरु भएको हो । भैरहवास्थित महेन्द्र सभागृहमा मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा। बुद्धबहादुर थापाले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरत कुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावमा उत्रिएकका छन् ।