नयाँ नेतृत्वका लागि राप्रपाको मतदान जारी

खबरपथ संवाददाता
१८ मंसिर २०७८, शनिबार १३:१०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरु भएको हो । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्नका आज मतदान भएको हो ।

मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका रहेकोछ । ढिलो मतदान सुरु भए पनि निर्धारित समयमै सक्ने लक्ष्य रहेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदमा विद्युतीय मेसिन र अन्य पदमा मतपत्र प्रयोग गरिएको छ । अध्यक्ष पदका प्रत्यासीद्धय कमल थापा र राजेन्द्र लिङ्देनले सुरुमा मतदान गरेर निर्वाचनको सुरु गरेका छन्। त्यसपछि अन्य प्रतिनिधिहरु पनि मतदानमा सहभागी भएका छन् ।

राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमिति मध्ये मतदानबाट अध्यक्ष सहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।

समावेशी सहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*