काँग्रेस लुम्बिनी प्रदेशमा मतदान सकियाे ,१६३१ मत खस्याे

खबरपथ संवाददाता
१८ मंसिर २०७८, शनिबार २१:०६

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको अधिवेशनमा मतदान सकिएको छ । शनिबार बिहान ११ बजेदेखि सुरु भएको मतदान साझ करिव ६ बजे सकिएको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल १ हजार ६३१ मत खसेको छ । लुम्बिनी प्रदेह अधिवेशनमा १ हजार ६४८ मतदाता थिए । प्रदेशकाे नेतृत्व लिन देउवाकाे समुहबाट भरतकुमार शाह र ईतर समुहबाट अमरसिंह पुनकाे नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*