काँग्रेस नेता रानाद्धारा केन्द्रीय सदस्यमा उमेद्धवारीको घोषणा

खबरपथ संवाददाता
२१ मंसिर २०७८, मंगलवार १९:५१

बुटवल । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली काँग्रेस पाल्पाको दुई कार्यकाल सभापति समेत भएका काँग्रेस नेता रानाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि आदिवासी जनजाती कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन यहि मंसिरको २४ देखि २७ गतेसम्म काठमाण्डौमा हुँदैछ । केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै काँग्रेसका युवा नेता रानाले पार्टीलाई नीति, पद्धती र अनुशासन युक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उहाँले सबैको समान पहुँच र अधिकार स्थापित गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पार्नुभयो ।
नेपाली काँग्रेसलाई शसक्त बनाउन र युवालाई राजनीतिमा क्रियाशिल बनाउन रानाले भूमिका खेल्दै आएकाले उहाँले केन्द्रीय सदस्यमा अगाडि सारिएको नेपाली काँग्रेस पाल्पाका सभापति हिमाल श्रेष्ठले बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जुनसुकै पार्टीमा पनि युवाको सहभागिता हुनुपर्ने बताउँदै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम नेपाली काँग्रेस पाल्पाका जिल्ला सदस्य विष्णुप्रसाद पाण्डेयको सञ्चालनमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*