सभापति देउवाले भने-ओलीबाट देश जोगाएँ, अब कांग्रेस जोगाउन जिताउनुस्

खबरपथ संवाददाता
२४ मंसिर २०७८, शुक्रबार २०:५५

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको शासनबाट जनतालाई मुक्ति दिएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिनुपर्ने बताएका छन् ।

पार्टीको १४ औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको र त्यसका लागि आफूलाई जिताउनु पर्ने बताए।

उद्घाटन सत्रमै भोट मागेका देउवाले निकट भविष्यमा हुन लागेका तीन वटै तहको निर्वाचनमा विजयी बन्न पनि कांग्रेस मिलेर जानु पर्ने तर्क राखे।

उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफूलाई जिताउन दोहोर्‍याएर आग्रह गरे।

‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरू,’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने,‘रामचन्द्रजीलाई जाडो भयो धेरै बोल्न सक्नु भएन।’ @ setopati बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*