कांग्रेसको १४ औं महाधिवेशन : देउवाले कटाए १५०० मत

खबरपथ संवाददाता
२८ मंसिर २०७८, मंगलवार ०८:३५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३२८२ मत गणना भएको छ, जसमा देउवाले १५०० मत कटाएका छन् ।

उनले १५५६ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ मत पाएका छन् । प्रकाशमान सिंहले २५७ र विमलेन्द्र निधिले २०१० मत पाउँदा कल्याण गुरुङले १७ मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।@onlinekhabar बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*