कांग्रेसको १४ औं महाधिवेशन : सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित

खबरपथ संवाददाता
२९ मंसिर २०७८, बुधबार ०६:३५

काठमाण्डौं ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी हुनुभएको छ ।

बुधबार बिहान सकिएको अन्तिम मत परिणाम अनुसार देउवा २७३३ मत ल्याएर कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित हुनुभएको हो।

उहाँले निकटतम् प्रतिद्वन्द्वी डा। शेखर कोइरालालाई ८७८ मतले पराजित गर्नुभएको हो । कोइरालाले १८५५ मत प्राप्त गर्नुभएको थियोे ।

महाधिवेशनमा दोस्रो चरणको निर्वाचनबाट देउवा सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनभएको हो । दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४६२३ मत खसेको थियो। त्यसमध्ये ३५ मत बदर भएको थियो।

पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो। ७६ मत बदर भएको थियो।

सभापतिका पाँच जना उम्मेदवार मध्ये कल्याण कुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत शेखर कोइरालाले १७०२ र शेरबहादुर देउवाले २२५८ मत ल्याउन ुभएको थियो।

पहिलो चरणको निर्वाचनमा कसैको बहुमत नआए पछि नतिजाका लागि दोस्रो चरणको निर्वाचन गरिएको थियो। दोस्रो चरणको निर्वाचनमा गुरुङ, सिंह र निधि तिनै जनाले देउवालाई सहयोग गरेका थिए।

देउवा डडेलधुरा जिल्लाको साबिक असिग्राम गाविस वडा नम्बर ५ मा जन्मेका थिए। पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा रहेका देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*