कोरोनाका कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित
काठमाण्डौं । कोरोनाका कारण नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण जिल्ला अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । यही माघ १५ गतेका लागि अधिवेशन गर्ने मिति तय भएको थियो।
प्रदेश नम्बर २ का ८ जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ ।