विज्ञसँग परामर्श गरेर सर्वदलीय बैठक बस्ने

खबरपथ संवाददाता
८ माघ २०७८, शनिबार १६:१५

काठमाण्डौं । प्रधानमन्त्री देउवाले आज शनिबार बिहान बोलाउनु भएको  सर्वदलीय बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएको थियो ।

एक मन्त्रीका अनुसार स्थानीय तहको निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् भनेर विज्ञसँग परामर्श गरेर सर्वदलीय बैठक बस्ने भएको हो ।

सत्तारुढ पाँच दल सम्मिलित राजनीतिक समन्वय समितिको बैठकमा नेकपा माओवादी र एकीकृत समाजवादीले स्थानीय तह भन्दा पहिले संघको निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए भने त्यसयता मंसिरमा तीन तहकै निर्वाचनबारे छलफल भइरहेको छ ।

तर संविधान र कानुन अनुसार स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन मिल्दैन । त्यसका लागि वैशाखमा चुनावका लागि मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ । तर, गठबन्धन भने स्थानीय तहको निर्वाचन सम्बन्धी कानुनमा बाझिएको दाबी गर्दै आएको छ । यो विषयमा विज्ञसँग छलफल मार्फत समाधान गर्ने गरिने भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*