लुम्बिनी प्रदेश सांसद चौधरी मतदान गर्न जाँदै गर्दा दुर्घटनामा परी घाइते
काठमाण्डौं । लुम्बिनी प्रदेश सभाका सांसद तुलसी प्रसाद चौधरी दुर्घटनामा परेर घाइते भएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न दाङको घोराही जाँदै गर्दा सांसद चौधरी बाटोमा दुर्घटनामा परेका हुन्।
उनी सवार गाडी ट्रकसँग ठक्कर खाएको छ। उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए।
रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (ख) मा नेकपा एमालेबाट निर्वाचित सांसद चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी कालाकाटे नजिकै दुर्घटनामा परेको हो।
सुदूरपश्चिम प्रदेश ०१-००-११ १ ख २५८४ नम्बरको ट्रकसँग उक्त गाडी ठक्कर खाएको थियो।