सम्मरीमाईका अध्यक्ष शुक्ला माओवादी केन्द्रमा प्रवेश

खबरपथ संवाददाता
२७ माघ २०७८, बिहीबार १७:२२

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र वडा अध्यक्ष श्रवण कुमार यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।

तत्कालिन फोरम लोकतान्त्रिकबाट गाउँपालिका अध्यक्षमा निर्वाचित शुक्ला र नेपाली काँग्रेसबाट निर्वाचित यादवलाई बिहिबार काठमाण्डौमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनु भएको हो ।

तत्कालिन नेकपामा प्रवेश गरेका शुक्लाले पार्टीमा चाकरी र चाप्लुसी सहन नसकेको भन्दै पार्टी परित्याग गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*