प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुटारमा भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुग्नु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुटारमा भेटवार्ता चलिरहेको छ । भेटमा पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल भएको बताइएको छ ।
अमेरिकाले फागुन १६ भित्र एमसिसी अनुमोदन गर्न अमेरिकाले समयसिमा तोकेपछि भेटमा यसै बिषयमा छलफल केन्द्रीत हुने अनुमान गरिएको छ ।