संघीय संसदको बैठक स्थगित, बुधबार बस्ने
खबरपथ संवाददाता
१ फाल्गुन २०७८, आईतवार १२:३५
काठमाण्डौं । सोमबार (भोली) का लागी बोलाइएको संघीय संसदको बैठक फेरि स्थगित भएको छ। सोमबार लागि बोलाइएको बैठक विविध कारणले स्थगित भएको संसद सचिवालयले जनाएको छ।
संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले दिएको जानकारी अनुसार अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ ।
यस अघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सोमबारका लागी बैठक सार्न आग्रह गरेको थियो।
प्रतिनिधि सभाको बैठक यसअघि पटक-पटक स्थगित हुँदै आएको छ।