दलहरूबीच सहमति भए एमसिसी संसदमा टेबल हुन नरोक्ने सभामुख सापकोटाको भनाई

खबरपथ संवाददाता
२ फाल्गुन २०७८, सोमबार २०:५७

काठमाण्डौं । सभामुख अग्नि सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल हुन नरोक्ने बताउनु भएको छ ।

सोमबार सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख सापकोटाले आफू अम्पायरको भूमिकामा रहेकाले दलहरूबीच सहमति गरेर सरकारले ल्याएका प्रस्ताव आफूले नरोक्ने बताउनु भएको छ ।

आजको बैठकमा दलहरूले एमसिसीबारे राखेका धारणालाई आफूले निष्पक्ष रूपमा सुनेको र संसद सुचारू भए पछि यसको प्रक्रिया अघि बढ्ने बताउनु भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी भएन। आजको बैठकमा संसद खुलाउन एमालेलाई मनाउन सबै दलले पहल गर्ने विषयमा पनि छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*