एमालेको नाराबाजीका बीच संसदको बैठक पाँच मिनेट बसेर स्थगित

खबरपथ संवाददाता
४ फाल्गुन २०७८, बुधबार १४:०१

काठमाडौं । आजको प्रतिनिधीसभाको बैठक करिब पाँच मिनेट बसेर सकिएको छ । बुधबारको संसद बैठक एमालेको नाराबाजीका बीच सभामुख अग्नि प्रसाद सापकोटाले अघि बढाउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गर्नु भएको छ ।

त्यसैगरी बैठकले तीन जना पूर्वसांसदको निधन प्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

दलहरुबीच सहमति नभएपछि आजको बैठकमा एमसीसी टेबुल हुन भने सकेन । संसदको अर्को बैठक फागुन ६ गते बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*