आजको संसद बैठकमा एमसीसी टेवल नगर्ने सहमति
काठमाण्डौं । आज बस्ने संसदको बैठकमा एमसीसी टेवल नगर्ने सहमति भएको छ । बालुवाटारमा शुक्रबार बिहान भएको शीर्ष नेताको छलफलमा उक्त सहमति भएको हो ।
बालुवाटारको छलफल पछि सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबार बस्ने सत्तारूढ गठबन्धनको बैठकले एमसिसीबारे सकारात्मक निष्कर्ष निकाल्ने बताउनु भएको छ ।
प्रवक्ता कार्कीले संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा बिहीबार राति प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जानु भएको बताउनु भयो ।
संसद बैठक दिउसो १ बजे बस्दैछ