ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश
काठमाण्डौं । ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए ।
सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको छ ।
समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा. धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए ।
सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले शाहीलाई पार्टीमा स्वागत गर्न कार्यक्रम राखेको हो ।