संसद बैठक सुरु भए लगत्तै एमालेको अवरोध, बैठक ८ गते बस्ने
काठमाण्डौं । शुक्रबार संसद बैठक सुरु भए लगत्तै एमालेको अवरोध भएको छ । सभामुख सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्ना साथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
केहीबेरको नाराबाजी पछि सभामुखले प्रधानमन्त्री देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।
सभामुखको अनुमति अनुसार मन्त्री बडुले प्रतिवेदन पेस गरेका प्रतिवेदन पेस गरेका छन् ।
त्यस पछि सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक फागुन ८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको छ ।