एमसीसीको बारेमा साझा धारणातय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

खबरपथ संवाददाता
८ फाल्गुन २०७८, आईतवार ०७:४६

काठमाडौं । एमसीसीको बारेमा साझा धारणातय गर्न आईतबार (आज) सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक बालुवाटारमा बिहान १० बजे बस्न लागेको हो ।

उक्त बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बताईएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आईतबारको बैठक निर्णायक हुने बताएका थिए । यस अघि साझा धारणा बनाउनका लागी गठबन्धनको बैठक बसेता पनि निष्कर्ष विहिन भएको थियो ।

अमेरीकाले नेपाललाई संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*