एमसीसी संसदमा टेबल गर्ने गठबन्धनको सहमति
काठमाडौं । एमसीसीको बारेमा साझा धारणातय गर्न बसेको सत्ता गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने सहमति गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभागी भएका थिए।
आज दिउँसो १ बजे संसद बैठकमा एमसिसी टेबल हुनेछ ।