एमसीसीमा सघाउन एमालेलाई प्रधानमन्त्रीको आग्रह

खबरपथ संवाददाता
१० फाल्गुन २०७८, मंगलवार २१:५०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदबाट पारित गर्न नेकपा एमालेलाइ अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीचको भेटवार्तामा प्रधानमन्त्री देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह हो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन भित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न एमालेलाई आग्रह गर्नुभएको गर्नुभएको हो ।

तर एमाले अध्यक्ष ओलीले ६ महिनादेखि संसदभित्रै आन्दोलनमा रहेको भन्दै एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न नसक्ने बताउनु भएको थियो । रिजालका अनुसार , ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नु भएको छ ।’

नेकपा एमालेले पार्टीका १४ सांसदलाई गरेको निष्कासनको कारवाहीलाई सभामुख अग्नि प्रसाद सापकोटाले मान्यता नदिएको भन्दै गत भदौ २३ गतेदेखि संसद अवरोध गर्दै आएको छ । सरकारले आइतबारको संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गतेका लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*