संसद बैठक आज दिउसो १ बजे बस्दै, एमसीसीबारे छलफल हुने
काठमाडौं । संघिय संसद बैठक आज दिउसो १ बजे बस्दैछ । एमसीसी सम्झौताबारे छलफलका लागी बिहिबार बोलाईएको बैठक स्थगित भई आजका लागी सारिएको हो ।
शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बिहिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीमाथिको छलफलमा बोल्न चाहने सबै सांसदलाई बोल्न दिने निर्णय गरेको छ ।
एमसीसीबारे गठबन्धनमा सहमित नजुटेपछि बिहिबार प्रधानमन्त्री देउवाले एमालेसँग छलफल गरेका छन् । पछिल्लो समय सरकार नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी र नेकपा एमालेबीच पनि पटकपटक छलफल र वार्ता भएको छ । तर, कुनै सहमति भइनसकेको नेताहरूले बताएका छन् ।
सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चितता देखिएको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विरुद्धमा रहेका छन् । जनता समाजवादीको उपेन्द्र यादव पक्ष पनि विपक्षमै देखिएको छ ।