व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने गठबन्धनको निर्णय
काठमाडौं । ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
सत्ता गठबन्धनको बैठक अघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो । संसद बैठक आज दिउँसो १ बजे बस्दैछ ।