नायक पल शाह प्रहरीको नियन्त्रणमा

खबरपथ संवाददाता
१५ फाल्गुन २०७८, आईतवार १३:३१

काठमाण्डौं । नायक पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।

यसअघि शाहले सामाजिक सञ्जाल मार्फत आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*