व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने एकीकृत समाजवादीको निर्णय

खबरपथ संवाददाता
१५ फाल्गुन २०७८, आईतवार १५:३२

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणा सहित एमसिसी पारित गर्ने निर्णय गरेको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

आइतबार बानेश्वरमा बसेको पार्टीको बैठकले एमसिसी पारित गर्ने निर्णय गरेको हो । पार्टी सचिव रामकुमारी झाँक्रीले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको बताईन । उनले एमसिसी पारित गर्न पार्टीले सर्वसम्मत निर्णय गरेको बताइन् ।

यसअघि नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*