रुपन्देही व्यापार संघको २ दिने रणनीतिक कार्ययोजना कार्याशाला गोष्ठि सम्पन्न

संस्थागत विकासमा राष्ट्रिय नेटवर्क विस्तारमा जोड
खबरपथ संवाददाता
१६ फाल्गुन २०७८, सोमबार १०:५४

लुम्बिनी । रुपन्देही व्यापार संघको २ दिने रणनीतिक कार्ययोजना कार्याशाला गोष्ठि सम्पन्न भएको छ । गोष्ठि व्यवसायीहरुको साझा र सशक्त संस्थाको रुपमा विकास गर्दै राष्ट्रिय, प्रदेश र जिल्लागत रुपमा आफ्नो नेटवर्क विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको हो ।

गोष्ठिले व्यवसाय विस्तार तथा पेशागत सुरक्षासंगै व्यवसाय प्रवद्र्धनका लागि रुपन्देही व्यापार संघले दरिलो पैरवीसहित सामाजिक उत्तरदायित्व वहन गर्ने लक्ष्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको जनाइएको छ ।
गोष्ठिको समापनमा १० बुदे लुम्बिनी घोषणापत्र जारी गर्दै आर्थिक विकासमा व्यवसायी वर्गको महत्वपूर्ण भूमिका र योगदान रहने हुँदा सो वर्गलाई संगठित गरी उनीहरुको व्यवसायिक सीप विकास र व्यवसायिक अधिकारको संरक्षण र राष्ट्रिय अर्थतन्त्रको जग बलियो बनाउन सबैलाई अपिल समेत गरेको छ ।

संघले सबै तहका सरकारलाई मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउने दिशामा काम गर्न आग्रह गर्दै सो अभियानमा संघले सहकार्य गर्ने जनाएको छ । संघलाई व्यवसायीको हकहित, सुरक्षाका अतिरिक्त सामाजिक काममा पनि थप अग्रसर बनाउने तर्फ लाग्न आग्रह गर्दै लुम्बिनी प्रदेश पर्यटन र कृषिको प्रचुर सम्भावना र आधार क्षेत्र रहेको हुँदा त्यसको पहिचान गर्दै योजनाबद्ध कार्यक्रम बनाएर अगाडि बढाउन आग्रह गरिएको छ ।
शान्तिका अग्रदुत गभवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकास र प्रचारमा जोडदिन आग्रह गर्दै लुम्बिनीको विकासमा व्यापार संघ पनि सहकार्य गर्नु प्रतिवद्ध रहेको प्रस्ताव पारित गरेको छ ।


दुई दिने गोष्ठिले वर्तमान वदलिदो परिश्थितीमा संघले लिएको उद्देश्य र लक्ष्य प्राप्तिका लागि नया ढंगले योजनाबद्ध रुपमा जानु पर्ने ठहर गर्दै त्यसका लागि संगठनात्मक प्रणालीमा परिर्वतन र ठोस कार्ययोजना बनाउनु पर्ने कुरामा जोड दिएको छ । गोष्ठिमा सहभागी रुपन्देही व्यापार संघका पदाधिकारी, सदस्य तथा पूर्वअध्यक्षहरुलाई ४ समुहमा विभाजन गरि बार्षिक कार्यक्रम, आर्थिक योजना, सांगठानीक ढाचा तथा सदस्यता वृद्धि एवं सचिवालय व्यवस्थापनका विषयमा बुदागत छलफल गरि ठोस निति तय गरिएको संघका महासचिव दयानिधि भण्डारीले बताउनु भयो ।


कार्यक्रममा संघले गत २ बर्ष अगाडी घले गाउमा गरिएको कार्यशालाले तय गरेका कार्यक्रमहरुको समिक्षा गर्दै त्यसका कमिकमजोरी एवं सकारात्मक पक्षहरुका बारेमा अन्तरक्रिया गरिएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले जनाकारी दिनुभयो । छलफलका क्रममा कोरोना संक्रमणका कारण तय गरिएका कतिपय कार्यक्रम र संस्थागत योजनाहरु अगाडी बढाउन नसकिएको हुदा आगामी दिनमा नया ढंगले जानु पर्ने कुरामा जोड दिइएको थियो ।

गोष्ठिमा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघ स्थापना गर्दा जुन लक्ष्य र उद्देश्य लिएर गरिएको थियो त्यसबाट दायावाया जाने छुट कसैलाई नभएको हुदा व्यवसायीको हित र हकका लागि काम गर्न आग्रह गर्नुभयो । उहाले नेतृत्व तहबाट कहिलेकाहि निराशा र कुष्ठाका अभिव्यक्तीहरु बाहिर आउने गरेको भन्दै त्यसले संघको लक्ष्यमा पुग्ने बाटोमा अलमल हुने हुदा त्यसतर्फ ध्यान नदिन र अभिव्यक्ति नदिन निर्देशन दिनुभयो ।

संघका पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले संस्थाको उद्देश्य, लक्ष्य र सञ्चालन विधिमा कहिले काहि केही अलमल तथा असमझदारी देखिने गरेको भएपनि स्थापनाका समयमा लिएको लक्ष्यबाट विचलित हुन नहुने बताउनुभयो ।

अर्का पूर्व अध्यक्ष मोतीलाल पाण्डेले संस्थाको लक्ष्य र उद्देश्य विपरित कुनै पनि कार्यक्रम संघले गर्न नसक्ने र नपाउने बताउदै व्यवसायीक हकहितका लागि आफुलाई केन्द्रीत गर्न सुझाव दिनुभयो । पुर्व अध्यक्ष पदम प्रसाद श्रेष्ठले संघको इतिहास र उद्देश्यलाई नेतृत्व पंक्तिले सधै मार्ग निर्देशका रुपमा ग्रहण गर्दै संस्थागत विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संघका निर्वतमान अध्यक्ष यमलाल लोहनीले संघको गतिविधि र कार्यक्रमलाई समय अनुकुल परिर्वतन गर्दै रणनीतिक कार्ययोजना बनाउन आग्रह गर्नुभयो । उहाले व्यवसायीक हकहितसंगै संस्थालाई समग्र नेतृत्वदायी अंग बनाउन धेरै कसरत जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालन एवं संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक डिल्लीराज भण्डारीको स्वागत तथा प्रथम उपाध्यक्ष प्रकाश ढकालको धन्यवादमा भएको कार्यक्रममा प्रशिक्षक मुकुन्द ज्ञवालीले सहजीकरण गर्नु भएको थियो । गोष्ठिको संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*