चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै
काठमाण्डौं । नेपालको तीन दिने भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी काठमाडौं आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्री वाङ दिउँसो चार बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
शनिबार नेपाल र चीनबीच औपचारिक वार्ता हुनेछ भने वाङले महत्वपूर्ण राजनीतिक भेटघाट गर्नेछन् ।
वाङले नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
वाङ अहिले भारतको राजधानी नयाँदिल्लीमा छन्। नयाँदिल्लीमा उनले भारतीय समकक्षी एस जयशंकरलाई भेटेका छन् ।