निर्धारित समयमा राजधानीको गुरु योजना दिन सफल भएका छौ – मुख्यमन्त्री केसी
बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको गुरु योजना निर्माण सरकारले निर्धारित समयमा नै दिन सकेको बताउँदै अव त्यसको कार्यन्वयनको प्रक्रियालाई तिव्रता दिने बताउनु भएको छ ।
आईतबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बुटवलमा भएको राजधानीको गुरुयोजना हस्तान्तरण र जग्गा अधिकरण कार्यविधि ग्रहण गर्दै मुख्यमन्त्री केसीले यस्तो बताउनु भएको हो ।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी नमूना योग्य बनाउनको सकिने गरी गुरु योजना बनाईएको दावी गर्दै यसलाई आम प्रदेशबासीलाई चित्त प्रसन्न हुने गरी कार्य थालनी गरिने बताउनुभयो ।
उहाँले भन्नुभयोः प्रदेश सरकारले बनाएको योजना अनुसार नै कार्य गरिएको त्यसका लागि आगामी दिनमा यसलाई सरकारले अब छिटो भन्दा छिटो बनाएर अगाडि बढ्नेछ ।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणको गुरु योजनाको विषयमा भएको सरोकारवालाको छलफलमा सरोकारवालालाई निर्देशन दिनु भएको छ ।
उहाँले प्रदेश सरकारको पहिलो गुरुयोजनालाई निर्माणका लागि पूर्णता दिएकोमा धन्यवाद दिदै आगामी दिनमा अझै छिटो छरिटो रुपबाट प्रदान गर्नका लागि निर्देशन गर्नु भएको छ ।
प्रदेशको राजधानीमा राप्ती गाउँपालिका, गढुवा गाउँपालिका सितगंगा लगायतको भूगोलमा राजधानीको प्रशासनिक केन्द्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, औधोगिक क्षेत्र, खेदकुद क्षेत्र यातायातको सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास, धार्मीक क्षेत्र, बाल उद्यायन क्षेत्र लगायतको स्थानमा निर्माण तिव्रवता प्रदान गरेको हिसावले विकास गर्नका लागि योजना अगाडि सारिएको गुरु योजना निर्माण गएिको छ ।
प्रदेशको राजधानी भर्जिन ल्याण्डमा भएकोले गर्दा भवन निर्माणको क्षेत्र, पार्किङ क्षेत्र, सञ्चार होटेल क्षेत्रको समेत पनि गुरुयोजनामा देखाएको छ । साथै गुरु योजनामा यातायात क्षेत्रको सञ्चालमा ५० मिटरको सडक र ३० मिटरको सडक बनाएर फराकिलो बनाउन सकिने बताउनु भयो ।
२०७८ साल मंसिर १६ गते भएको मन्त्री परिषद्को बैठकले मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्वमा समिति बनाएको छ । समितिले पदम बैद्धिक, किशोर थापा, कोष नारायण अधिकारी लगायतको विज्ञहरु टोलीले विज्ञता प्रयोग गरी जग्गा अधिकरणको कार्यविधिलाई पूर्णता दिइएको हो ।
लुम्बिनी प्रदेश सरकाका मुख्य न्यायधिबक्ता श्रीकृष्ण सुवेदीले कार्यदलको बैठकबाट अनुभवि कार्यविधिबाट निर्माण गर्नका लागि ठूलो मिहिनेत गर्नुपरेको र प्रदेश सरकारको राजधानी बनाउनको लागि तथा प्रदेशभरीको अन्य जग्गा अधिकरण गर्नका लागि समेत कार्यविधि बनाएको थियो । मुख्य न्यायधिबक्ताले प्रदेश प्राधिकरणका झै छुटै युनिट बनाउनका लागी कार्यविधि निर्माण गरेको बताउनुभयो ।
यस्तै प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले प्रदेशको राजधानी निर्माणको विषयमा सबै गम्भिर भई लागेर योजना पूरा गरेको बताउनुभयो ।
प्रदेश सरकारले संघीय सरकारले दिएको १ अर्ब बजेटबाट १८ विगामा तत्कालै भौतिक संरचना निर्माणका लागि गुरु योजना बनाई कार्यन्वयनमा लग्नुपर्ने बताउनुभयो । आगामी दिनमा छिटो छरिटो रुपमा काम गरी बनाउनको लागि अगाडि बढाउनको लागि निर्देशन गर्नु भएको छ । चैत्र ५ र ६ गते भालुबाङमा बसेर नै सरोकारवाला टिमसंग छलफल गरी यसलाई अगाडि बढाउनको लागि निर्देशन दिईएको बताउनुभयो ।
मुख्य न्यायाधिबक्ताले जग्गा अधिकरण कार्यविधि र पूर्वाधार निर्माण प्राधिकरणका कार्यकारी निर्देशन अनन्तराज घिमिरेले राजधानीको गुरु योजना मुख्यमन्त्री केसीलाई बुझाउनु भएको थियो । अबको मन्त्री परिषद् बैठकबाट पारित गरी कार्यन्वयन प्रक्रियामा लग्नेछ ।