प्रधानमन्त्री देउवा भारत प्रस्थान

खबरपथ संवाददाता
१८ चैत्र २०७८, शुक्रबार १३:४७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि  भारतको नयाँदिल्ली प्रस्थान गर्नु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार दिल्ली प्रस्थान गर्नु भएको हो ।

प्रस्थान गर्नु अघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुग्नुभएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकपुर- जयनगर रेलको संयुक्त रूपमा उद्घाटन गर्ने तयारी समेत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*