लुम्बिनी प्रदेशमा गठबन्धन र एमालेको आ–आफ्नै जितको दाबी

खबरपथ संवाददाता
२१ चैत्र २०७८, सोमबार १३:३४

बुटवल। लुम्विनी प्रदेशमा गठवन्धन दलहरुले मतको आधारमा उमेदवारी बाँडफाँडको तयारी गरेका छन् । विगतको मतको आधार, उमेदवारीको लोकप्रियता आधारमा तालमेल गरेर च्नावी मैदानमा जाने अन्तिम तयारीमा रहेको नेताहरुले वताएका छन् ।

रिर्पोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश बुटवलले आयोजना गरेको स्थानिय तहमा दलहरुको राजनितिक अवस्था विषेयक साक्षात्कार कार्यक्रममा वोल्ने दलका नेताहरुले यस्तो वताएका हुन् । साक्षात्कार कार्यक्रममा वोल्दै नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमर वहादुर पुनले गठवन्धन दल भित्र पार्टीहरुले आआफ्नो मत आधार संकलन गरिरहेको र त्यसैका आधारमा उमेदवारी दिने वताए । लुम्विनी प्रदेशमा गठवन्धनको अत्यधिक बहुमत आउने दावी गरे ।

सभापति पुनले गठवन्धन दलहरुले चुनावी तालमेलमा अक्षरस पालना गर्ने वताए । उनले भने, देश र जनतालाई समृद्धि वनाउँछौं भन्ने एमालेले संसद बैठकलाई अवरोध गरेर जनताका आवाजलाई कुण्ठित गरेको आरोप लगाए ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले लुम्विनी प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशत जित हात पार्ने दावी गरे । प्रदेशका १ सय ९ वटा पालिकाहरुको सर्वेक्षण अनुसार ६० प्रतिशत भन्दा धेरै जित हासिल गर्ने ठोकुवा गरे । उनले एमाले जनताको प्रिय पार्टी भएकाले जस्तो सुकै गठवन्धनले फरक नपार्ने वताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा नेकपा माओवादी केन्द्रका संसदिय दल लुम्विनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्तीले सत्तागठवन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने जोड दिए । प्रदेशका सवै स्थानिय तहहरुमा आफ्नो पार्टीले सर्कुलर गरेको र जसअनुसार पालिकामा निर्वाचन संयन्त्र परिचालन समिति गठनको छलफल भैरहेको वताए ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्य छन्द पन्थीले ठूला दलका नेताहरुले झुटको राजनिति गर्दै आएको वताए । उनले ठूला दलको होडवाजीले गठवन्धन निर्माण भएको वताए । निर्वाचनका वेला मिठा भाषण र जनतालाई आश्वासन दिने दलहरुले निर्वाचन पश्चात् प्रतिवद्धता पुरा नगर्ने गरेको भन्दै वेईमानीको राजनिति नगर्न सुझाव दिए । कार्यक्रम रिर्पोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*