राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन

खबरपथ संवाददाता
२५ चैत्र २०७८, शुक्रबार २३:०६

काठमाण्डौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेर सोही अनुसार समिति बनाइए पछि उनी स्वतः निलम्बनमा परेका हुन् ।

सरकारले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको छ । अधिकारीमाथि छानबिनका लागि निलम्बन गरिएको दाबी गरिएको छ । अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*