कपिलवस्तुमा २० मतदान स्थल अति संबेदनशील

निर्वाचनमा ३७ सय बढी कर्मचारी र ४ हजार बढी सुरक्षाकर्मी खटाईने
किरनमान बज्राचार्य
२६ चैत्र २०७८, शनिबार २२:२८

कपिलवस्तु । कपिलवस्तुमा २० मतदान स्थल सुरक्षाको दृष्किोणले अति संबेदनशील सुचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यस अघि हुन सक्ने घटनालाई मध्यनजर गरी २० मतदान स्थललाई अति संबेदनशील सुचीमा राखेको हो ।

प्रजिअ धमेन्द्र कुमार मिश्राले जिल्लामा रहेका २ सय ३५ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो ।जिल्लामा बिगतका निर्वाचनमा भएका गतिबिधि, सुृरक्षा संबेदनशीलता लगायतका बिषयमा छलफल गरी मतदान स्थलको बर्गीकरण गरिएको बताए । ‘ पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको हो ’ उनले भने । समितिले ६२ लाई संबेदनशील, र १ सय ५३ मतदान स्थललाई सामान्यको सुचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी मिश्राले निर्वाचनस्थलको निरीक्षणपछि मतदान स्थलको सुची निर्धारण गरिएको बताए । जिल्लाका १० पालिकामा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन । केन्द्रमा निर्वाचनका लागि ३ हजार ७४१ कर्मचारीहरु परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी ज्ञानुराज पन्थीले बताए । । प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने छ उनका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको कर्मचारीहरुको सुची समेत आईसकेको छ । सो कर्मचारीहरुको सुची जिल्ला प्रमुख निर्वाचन अधिकारीलाई पठाइर्एको छ । यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा आगामी वैशाख ३ र ४ गते अधिकृतहरूलाई तालिम दिइने छ । वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । उता निर्वाचनमा सुरक्षालाई बिशेष ध्यान दिइएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए । निर्वाचनलाई स्वच्छ र भय रहीत बनाउन आफुहरुले भरपर्दो सुरक्षा ब्यवस्था मिलाउने उनले बताए । निर्वाचनमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४ हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन । कपिलवस्तुमा २१ साना र ६ ठुला दल गरी कुल २७ दल मतदानमा सहभागी हुनेछन ।

कुन पालिकामा कति मतदाता

जिल्लाका १० वटा पालिका मध्ये सबै भन्दा बढी बाणगंगा नगरपालिकामा छन । बाणगंगामा ६१ हजार १७७ मतदाता छन । त्यहा ३० मतदान स्थल र ७३ मतदान केन्दू छन । दोश्रो ३१ मतदान स्थल र ५९ केन्द्र कायम गरिएको कपिलवस्तु नगरपालिकामा ४७ हजार ८० मतदाता छन । यस्तै ३० मतदान स्थल र ५७ केन्द्र रहेको बुद्धुभुमी नगरपालिकामा ४५ हजार ३४१ मतदाता छन । २५ मतदान स्थल र ५५ केन्द्र कायम गरिएको शिवराज नगरपालिकामा ४ हजार ४४८ मतदाता छन । २४ मतदान स्थल र ४८ मतदान केन्द्र रहेको कृष्णगनर नगरपालिकामा ३६ हजार ८८३ मतदाता छन । २३ मतदान स्थल र ४१ केन्द्र रहेको महाराजगंज नगरपालिकामा ३२ हजार २२१ मतदाता छन । २२ मतदाता स्थन र ३९ केन्द्र रहेको मायादेबी गाउपालिकामा ३१ हजार १६ मतदाता छन । १७ मतदान स्थल र ३५ केन्द्र रहेको सुद्धोदन गाउपालिकामा २७ हजार ७७५ मतदाता छन । १८ मतदान स्थल र ३० केन्द्र रहेको बिजयनगर गाउपालिकामा २३ हजार ८०२ मतदाता छन । यस्तै १५ मतदान स्थल र २९ केन्द्र रहेको यशोधरा गाउपालिकामा २३ हजार २४७ मतदाता छन ।

विगतलाई फर्केर अघिल्लो निर्वाचनमा कुन पालिकामा कसको मत कति ?

१. कपिलवस्तु नगरपालिका– काँग्रेस (९,२५४), स्वतन्त्र अहिले एमाले (५,६३१), संघीय समाजवादी (४,०५४)

२. कृष्णनगर नगरपालिका– स्वतन्त्र अहिले कांग्रेस (७,१७८), माओवादी (३,०८०), राप्रपा (२,४३०)

३. बाणगंगा नगरपालिका– काँग्रेस (१५,७३८), एमाले (१५,२७८), जनमोर्चा (४०४)

४. बुद्धभूमि नगरपालिका– काँग्रेस (१०,०६३), एमाले (९,९२६), संघीय समाजवादी (१,७८२), माओवादी (१,५६३)

५. महाराजगंज नगरपालिका– काँग्रेस (७,७२४), स्वतन्त्र अहिले कांग्रेस (६,७४५), राप्रपा (७४९)

६. मायादेवी गाउँपालिका– संघीय समाजवादी (४,७११), काँग्रेस (३,३५२), मधेसी जनअधिकार फोरम लाकतान्त्रिक (१,९५८)

७. यसोधरा गाउँपालिका– काँग्रेस (३,२७५), स्वतन्त्र अहिले कांग्रेस (३,१५५), नयाँ शक्ति (२,२०३)

८. विजयनगर गाउँपालिका– एमाले (३,५१२), स्वतन्त्र अहिले कांग्रेस (३,२८४), स्वतन्त्र (१,६०५)

९. शिवराज नगरपालिका– एमाले (६,१५५), संघीय समाजवादी (४,७६२), राप्रपा (२,६७१)

१०. शुद्धोधन गाउँपालिका– स्वतन्त्र अहिले सघीय समाजबादी (१,८३७), स्वतन्त्र (१,७६३), मधेसी जनअधिकार लाकतान्त्रिक (१,७३८)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*