नेपाली काँग्रेस बुटवल ७ को अध्यक्षको उमेद्धवारमा पदम राज गाहा सर्वसहमत चयन

खबरपथ संवाददाता
२८ चैत्र २०७८, सोमबार १८:५७

बुटवल। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं. ७ मा सर्वसहमत उम्मेद्वार चयन गरेको छ ।

आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेपाली कांँग्रेस बुटवल वडा नं. ७ को अध्यक्षको उम्मेदवारका लागी पदम राज गाहा सर्वसहमत चयन भएका छन् ।

सोमबार नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी, कार्यसमिति र टोल समितिका अध्यक्षहरुको संयुक्त भेलाले पदम राज गाहालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्षको उम्मेदवार पदम राज गाहाले अहिले जसरी पनि जीत हात पार्ने गरी काँग्रेस मिलेर अगाडि बढेको बताए । गाहाले भेलाले जसरी सर्वसम्मत नाम अगाडि सारेको छ, त्यसैगरी चुनावमा पनि एक भएर जाने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त भेलामा नेपाली कांग्रेस पूर्व महासमिति सदस्य युवराज गिरी , महासमिति सदस्य एवं लुम्बिनी प्रदेश सदस्य दिर्घ बहादुर के.सी (कुमार), पूर्वजिल्ला सदस्य लक्ष्मण आचार्य, प्रदेश ‘क’ का उपसभापति कृष्ण प्रसाद ज्ञवाली, जिल्ला सदस्य राधा ज्ञवाली, वडा सभापति दिनानाथ गिरी लगायतले पार्टीमा अहिले कुनै प्रकारको मनमुटाव नरहेको र सबैले एकमतका साथ सर्वसम्मत उम्मेदवार चयन भएकाले जीतको सुनिश्चिता भएको नेताहरुको भनाई रहेको क्षेत्रिय सदस्य राजेन्द्र रिजाल (राजु) ले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*