पाकिस्तानको २३ औं प्रधानमन्त्रीमा सहबाज सरिफ

खबरपथ संवाददाता
२८ चैत्र २०७८, सोमबार २१:४७

 

काठमाडौं । पाकिस्तानको २३ औं प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरिफ चयन भएका छन् ।

पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्री चयन गरेको हो ।

सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा संसद्का ३४२ सदस्य मध्ये १७४ सांसदले मतदान गरेका छन् ।  सहबाजले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफ लगायतलाई समेटेर नयाँ सरकार बनाउने छन् ।

प्रधानमन्त्री चयन भएका सहबाज पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । सहबाजले यस अघि पञ्जाव प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*