आजदेखि काममा फर्किए गभर्नर महा प्रसाद अधिकारी
खबरपथ संवाददाता
७ बैशाख २०७९, बुधबार १२:२२
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी आज (बुधबार) देखि काममा फर्किएका छन् ।
मंगलबार सर्वोच्च अदालतले गभर्नर अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिए पछि महा प्रसाद अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन् ।
अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए।
अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई बोलाएको छ ।