नेपाली कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालद्धारा राजीनामा
खबरपथ संवाददाता
१० बैशाख २०७९, शनिबार ०७:१६
बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले राजीनामा दिनु भएको छ । पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गर्नु भएको हो ।
आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर लम्सालले राजीनामा बुझाउनु भएको हो । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उहाँको आरोप छ । उहाँ बुटवल उपमहानगरमा मेयरको दाबेदार हुनुहुन्थ्यो।