बुटवलमा एमाले र जनमुक्ति पार्टीबीच सहकार्य गर्ने सहमति
बुटवल । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टी बिच सहकार्य गर्ने सहमती भएको छ ।
शनिबार भएको सहमतीमा उपमहानगर प्रमुख, उप- प्रमुख र १९ वडा अध्यक्ष सहित ८६ पदमा नेकपा एमालेको उम्मेदवारलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गर्ने र ११ वटा सदस्यमा नेकपा एमालेले राष्ट्रिय जनमुक्ति पार्टिका उम्मेदवारलाई समर्थन गर्ने प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी उपमहानगरको सबै वडामा संयुक्त रुपमा प्रचार कार्यालय स्थापना गर्ने र स्थानिय निकायको निर्वाचन संग सम्बन्धित सम्पुर्ण कार्य संयुक्तरुपमा गरिने जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।