एमालेबाट तिलोत्तको मेयर उमेद्धवारमा मोहन चापागाई, देवदहमा खरेल
बुटवल । नेकपा एमालेले तिलोत्तमा नगरपालिकाको मेयरको उमेद्धवारमा मोहन चापागाईलाई उमेद्धवार बनाउने निर्णय गरेको छ । त्यसैगरी उपमेयरमा जागेश्वरी चौधरीलाई उमेद्धवार बनाउने निर्णय गरेको छ । जागेश्वरी चौधरी वर्तमान उप – प्रमुख हुन ।
त्यस्तै सैनामैना नगरपालिकाबाट नगरप्रमुखमा हालका नगरप्रमुख चित्र बहादुर कार्की र उप प्रमुखमा बिना रानालाई नै दोहोर्याउने निर्णय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए ।
त्यसैगरी देवदह नगरपालिका प्रमुखमा ध्रुब खरेल र उप प्रमुखमा विद्यालक्ष्मी गुरुङलाई उमेद्धवार बनाउने एमालेको निर्णय छ । खरेल एमाले प्रदेश कमिटी सदस्य हुन् भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन् ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिकामा डा. रामप्रसाद बस्याल प्रमुख र उमा अधिकारी उपप्रमुख उम्मेदवार हुने भएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा रमावती यादव नगर प्रमुख र कल्पना हरिजनलाई उपप्रमुखमा उमेद्धवार बनाउने एमालेको निर्णय छ । रमावती केही दिन अघिमात्रै नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी हुन् ।