बुटवलको मेयरमा कांग्रेसबाट खेलराज पाण्डेको उम्मेदवारी दर्ता

खबरपथ संवाददाता
१२ बैशाख २०७९, सोमबार १९:२९

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेसको तर्फबाट खेलराज पाण्डेले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । जननायक विपी कोइरालाको शालिकमा माल्यार्पण गरे लगत्तै कांग्रेसका खेलराज पाण्डेले बुटवल उप महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन गर्नु भएको हो ।

मनोनयन दर्तापछि प्रमुखका उम्मेदवार पाण्डेले बुटवललाई देश कै सबल आर्थिक केन्द्र बनाउने प्रतिबद्वता जनाउनु भयो । उहांले बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने उहाको दाबि छ । बुटवलको सिक्स लेन सडक सुधार गर्ने , मोतिपुर औद्योगिक क्षेत्रलाइ सबैको सहमतिमा अगाडी बढाउने, बुटवललाइ नमुना बनाउने प्रतिबद्धता जनाउनुभयो ।

पाण्डे २०२६ साल फागुन ५ गते कालिगण्डकी–२ स्याङ्जामा जन्मिनु भएको हो । स्याङ्जामा जन्मिएका भए पनि पाण्डेको राजनीतिक जीवन भने बुटवलमै बितेको छ । २०३९ सालदेखि राजनीतिमा लागेका पाण्डेले आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी संघको सदस्य लिएर राजनीति सुरु गर्नु भएको थियो ।

बुटवललाई नै राजनीतिक थलो बनाएका पाण्डे हालै तेस्रो कार्यकालका लागि बुटवल नगरको सभापति हुनुहुन्छ । २०५२ सालमा नेविसंघ सचिव रुपन्देही, २०५९ सालमा तरुण दल रुपन्देही अध्यक्ष, २०६० सालमा तरुण दल केन्द्रीय सदस्य हुदै २०६७ मा नेपाली कांग्रेस नगर सभापति बनेका पाण्डे २०७२ सालमा नगर विकास समिति बुटवलको अध्यक्ष हुनुभयो । २०३८ सालमा बुटवल झरेका पाण्डेको पहिचान ग्रामीण क्षेत्रमा राम्रो रहेको स्थानीय जानकारहरु बताउँछन् ।

 

को हुन पाण्डे

मेयरका उम्मेदवार पाण्डे नेपाली काँग्रेसको नगरसभापतीको रुपमा तीन कार्यकाल नेतृत्व गरिसक्नुभएको छ ।  यसअघिको स्थानीय निर्वाचनमा पनि उहाँ मेयरको उम्मेदवार हुनुहुन्थ्यो । काँग्रेस भित्र मात्रै होइन बुटवल बासी माझ नै सरल र सहज स्वभावका नेताको रुपमा उहाँ परिचित हुनुहुन्छ ।  सादा र सहज स्वभावका कारण उहाँ पार्टी भित्र र बाहिर पनि लोकप्रिय मानिनुहुन्छ ।  २०२६ साल फागुनमा स्याङ्गजाको कालिण्डकी २ मा जन्मीएका पाण्डेले पछिल्लो तीन दशक देखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न रहुन भएको छ ।  २०३९ सालमा स्याङ्गजाकै आदर्श मावि स्याङजामा नेपाल बिद्यार्थी संघको सदस्य भए पछि उहाँको राजनीतिक यात्रा सूरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव,२०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्द्रिय सदस्य हुनुभएका पाण्डे २०६७ सालमा नेपाली काँग्रेस बुटवल नगर सभापति हुनु भएको थियो ।  गत मंसिरमा सम्पन्न काँग्रेसको महाधिवेशनबाट उहाँ पुनः नेपाली काँग्रेस बुटवल नगरसभापतीमा निर्वाचित हुनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*