स्वतन्त्रकी राष्ट्रिय उपाध्यक्ष गाउँपालिका अध्यक्षको स्वतन्त्र उम्मेदवार
पाल्पा। स्वतन्त्र पत्रकार संघकी राष्ट्रिय उपाध्यक्ष अम्बिका पाण्डेयले पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र पत्रकार संघमा पाँच वर्ष बढी नेतृत्व गरेकी पाण्डेय पाल्पा जिल्लामा सक्रिय पत्रकारिता र सामाजिक संघ संस्थामा क्रियाशिल रहनु भएको छ । विभिन्न सामाजिक क्षेत्रको अगुवा नेतृत्व गरेको पाँच वर्षको आफ्नो अनुभवले राजनीतिमा स्वतन्त्रताको जतिसुकै नारा र नीतिहरू राज्यले बनाएपनि व्यवहारमै स्वतन्त्र देखिन आफ्नो उम्मेदवारी रहेको पाण्डेको भनाई छ ।
समाजमा महिलाको लागि सामाजिक न्याय, शिक्षा स्वास्थ्य र पूर्वाधारलाई जनमैत्री पहुँचमा पु¥याउन राजनीतिमा स्वतन्त्र महिला सहभागिता बढाउनुपर्नेमा उहाँको जोड छ । पाण्डेयले जिल्लाका विभिन्न आधा दर्जन संघ संस्थामा अग्रणी भूमिकामा रहेर नेतृत्व गरिरहनु भएको छ । लामो समय पत्रकारिता क्षेत्रबाट हासिल गरेको अनुभव राजनीतिमा प्रयोग गर्ने पाण्डेले बताउनुभयो ।
पाल्पाको बगनासकाली गाउँपालिकामा पाण्डेसहित चारजना महिलाको अध्यक्ष पदमा उम्मेदवारी परेको छ । जिल्लाको अन्य स्थानीय तहका प्रमुख पदमा महिलाहरूको उम्मेदवारी न्यून देखिएपनि वडामा सदस्य संख्या उत्साहप्रद देखिन्छ । यसैबीच निर्वाचन आयोगले मंगलबार साँझ सार्वजनिक गरेको तथ्याङ्क अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षमा ४६ हजार १ सय १४ जनाको उम्मेदवारी परेको छ ।