हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ आठ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ मात्र छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६४ पैसा र बिक्री दर १५३ रुपैयाँ ३९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ५३ पैसा र बिक्री दर १२६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७४ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ तीन पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३६ पैसा र बिक्री दर नौ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५६ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४७ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ५९ पैसा र बिक्री दर नौ रुपैयाँ ६४ पैसा कायम भएको छ । न्युज कारखाना