आचारसंहिता विपरीत मेयर महत चुनावी प्रचारप्रसारमा

खबरपथ संवाददाता
१६ बैशाख २०७९, शुक्रबार २१:२४

हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित भएका उनी एमालेको चुनावी अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था गरेको छ ।

बहालवाला मेयर नै आचारसंहिता विपरीत पार्टीको चुनावी अभियानमा भाषण गरेर हिँडिरहेको भन्दै सर्वसाधारणले उनको विरोधसमेत गरेका छन् । उनले भाषणको क्रममा मतदातालाई प्रभाव पार्ने गरी आश्वासनसमेत दिँदै हिँडेको आरोप लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*