सिद्धार्थ नगरमा अन्तत: भयाे कांग्रेस र माओवादीबीच तालमेल

खबरपथ संवाददाता
१६ बैशाख २०७९, शुक्रबार २१:३८

भैरहवा। रूपन्देहीको सिद्धार्थनगरमा अन्तत कांग्रेस र माओवादीबीच तालमेल भएको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा आएर कांग्रेस र माओवादीबीच तालमेल भएको हो । सत्तारुढ गठबन्धनको केन्द्र, प्रदेश र जिल्लाको भावनालाई आत्मसाथ गर्दै रुपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा तालेमेल गरेको नेपाली कांग्रेस सिद्धार्थ नगरका सभापति कोशिस बहादुर खड्काले जानकारी दिए ।

आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचमा चुनावी तालमेल गर्दै गठबन्धनको मेयरमा कांग्रेसबाट ईस्तियाक अहमद खान र उपमेयरमा माओवादीबाट कमला थापाको उम्मेदवारी रहने छ । यसअघि माओवादी मेयरमा मनिष कुमार जोसी र काग्रेसबाट पल्लवी न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

प्रतिगमनलाई पराजीत गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षाका लागी एकता आवश्यक रहेको भन्दै दुवै दल र उम्मेदवारहरुले एक आपसमा सहमति गरी सयुक्त गठबन्धनको मर्म अनुसार अगाडि बढ्ने निर्णय भएको नगर सभापति खड्काले बताए। सहमती अनुरुप आफ्नो उम्मेदवारी फिर्ता लिँदै मेयरका उम्मेदवार जोसीले गठबन्धनका उम्मेदवारलाई जिताउनु सवैको दायित्व रहेको बताए । तुनावी तालमेलसगैं गठबन्धनको जित थप शुनिश्चित भएको उनले बताए । त्यस्तै उपमेयरकी उम्मेदवार न्यौपानेले आफूले उम्मेदवारी फिर्ता गरे पनि आफूनै उम्मेदवार भएको सम्झेर गठबन्धनलाई जिताउन लागि पर्ने बताइन् । न्युज कारखाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*